नयाँ वर्षमा माइडियाको ‘न्यु इयर, न्यु भाइब’

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

नयाँ वर्ष २०८३ को अवसर पारेर घरेलु उपकरण ब्रान्ड माइडियाले आकर्षक अफर सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु भाइब’ नामक यस अभियानमार्फत कम्पनीले ग्राहकलाई विशेष छुट, उपहार तथा बम्पर लक्की ड्रको अवसर प्रदान गर्ने जनाएको छ ।

योजनाअन्तर्गत माइडियाका विभिन्न उत्पादन खरिद गर्दा ग्राहकले अधिकतम ३७,७०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, उत्पादनअनुसार विभिन्न निश्चित उपहारहरू पनि उपलब्ध गराइने कम्पनीले बताएको छ ।

योजनाअनुसार साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा ग्राहकले माइडियाको इन्डक्सन चुलो प्राप्त गर्न सक्नेछ । त्यसैगरी, फ्रन्ड लोड वासिङ मेसिनामा ६ केजी एरिएल, टप लोड वासिङ मेसिनमा दुई केजी र सेमी अटोमेटिक वासिङ मेसिन किन्दा एक केजी एरिएल सरफ प्रदान गरिने बताइएको छ । त्यसैगरी, डिसवार किन्दा डिसवार ट्याब्लेट दुई र माइक्रोवेभ ओभन किन्दा कुकिङ किट पनि ग्राहकले पाउनेछन् । 

अभियानलाई थप आकर्षक बनाउन बम्पर लक्की ड्रको व्यवस्था गरिएको छ । जसअन्तर्गत एकजना भाग्यशाली ग्राहकले माइडियाको मल्टिडोर रेफ्रिजेरेटर जित्ने मौका पाउनेछन् । ग्राहकले क्युआर स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि उक्त लक्की ड्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यो अभियानमार्फत नयाँ वर्षसँगै उपभोक्तालाई आधुनिक, सहज र स्मार्ट जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ । नेपालमा माइडियाका उत्पादन सिजी इलेक्ट्रोनिक्समार्फत वितरण हुँदै आएका छन् ।

See More On

सुझावित समाचार