टिभिएस रेसिङका तीन खेलाडी भारत प्रस्थान

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

टिभिएस अपाची रेसिङ एक्सपेरियन्स (एआरई) जिपी नेपालमा उत्कृष्ट प्रदर्शन गर्ने तीन नेपाली राइडर्स अन्तर्राष्ट्रिय फाइनलका लागि छनोट भएका छन् । छनोट हुने राइडरहरू अभिनवराज मल्ल (१६०० सिसी), दिलीप दुवार (२२० सिसी) र सुजन थापामागर (३१० सिसी) भारत प्रस्थान गरेका छन् ।

उनीहरूले चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा अप्रिल २ देखि ५ सम्म हुने फाइनल प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् । कम्पनीका अनुसार फाइनलमा विभिन्न देशका अनुभवी राइडरहरूसँग प्रतिस्पर्धा गर्दै नेपाली राइडरले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।

अपाची रेसिङ एक्सपेरियन्स (एआरई) जिपी लेटफर्मले उदाउँदा रेसिङ प्रतिभालाई पहिचान गरी व्यावसायिक ट्र्याक अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । उक्त कार्यक्रममार्फत नयाँ राइडररूलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ । टिभिएस रेसिङमार्फत टिभिएस मोटर कम्पनीले मोटर स्पोर्टस् क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ पुस्ताका राइडरलाई प्रोत्साहन गर्दै आएको जनाइएको छ । 

See More On

सुझावित समाचार