गोल्डेनगेट र आर्मी विजयी

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

हिमालयन जाभा बास्केटबल लिग २०२६ मा शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र त्रिभुवन आर्मी क्लबले महत्वपूर्ण जित हात पारेका छन् । बिहीबार भएको पहिलो खेलमा गोल्डेनगेटले केभिसी हाउन्ड्सलाई हरायो । दोस्रो खेलमा आर्मीले टाइम्सलाई हराउँदै शीर्ष दुईमा पकड बनाएको छ ।

दशरथ रंगशाला कभर्डहलमा गोल्डेनगेटले केभिसी हाउन्ड्सलाई ९१–७८ ले पराजित गरेको हो । गोल्डेनगेटले पहिलो क्वार्टर २६–२२ को अग्रता बनाउँदा दोस्रो क्वार्टरमा दुवैले २०–२० अंक जोडेका थिए । 

तेस्रो क्वार्टरमा पनि गोल्डेनगेटले २७–१९ को अग्रता लियो । चौथो क्वार्टर गोल्डेनगेटले १८–१७ ले आफ्नो पक्षमा पारेको थियो । गोल्डेनगेटको १२ खेलमा यो ११औँ जित हो । गोल्डेनगेट २३ अंकसहित शीर्ष स्थानमा यथावत् छ । हाउन्ड्सको यो चोथो हार हो । दोस्रो खेलमा आर्मीले टाइम्सलाई ९७–८५ ले हरायो । आर्मीको पनि यो ११औँ जित हो । १३ खेलबाट २३ अंक जोडे पनि अंकअन्तरमा आर्मी पछि रहँदै दोस्रोमा छ । 

सुझावित समाचार