‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ योजना

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष ०८३ का अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ नाम दिइएको यो योजनामार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले पाँच वर्षसम्म पेट्रोल निःशुल्क जित्ने मौका पाउनेछन्, जसले उनीहरूको यात्रालाई अझ सहज र लाभदायक बनाउने कम्पनीको विश्वास छ । साथै, दैनिक अधिकतम पाँच लाखसम्मको छुट पनि पाउनेछन् । यसै योजनाअन्तर्गत २९ सय ६७ बाट सुरु हुने न्यूनतम किस्ताबन्दी सुविधा पनि ग्राहकले पाउनेछन् ।

‘नयाँ वर्ष नयाँ सुरुवातको समय हो र ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’मार्फत हामीले ग्राहकको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखेका छौँ,’ कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई, दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो ।’ 

त्यसैगरी, कम्पनीका उपाध्यक्ष दीपक रौनियारले नयाँ वर्षलक्षित यस योजनाले किफायतीपन, उत्साह र वास्तविक फाइदालाई एकसाथ ल्याएर टिभिएस स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउने बताए । ‘यो अफर नगद, एक्सचेन्ज तथा फाइनान्स तीनै माध्यममा उपलब्ध छ,’ उनले भने ।

See More On

सुझावित समाचार