संयुक्त राज्य अमेरिका र इजरायलद्वारा सुरु गरिएको युद्धले इरानमा एक हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको छ । वास्तविक गणना अझै सुरु भएको छैन । अर्थात्, युद्धबाट मारिनेको वास्तविक संख्या तत्काल आकलन गर्न पनि कठिन हुन्छ । युद्ध समाप्त भएको महिनौँपछि पनि तथ्यांक आइरहन्छ, किनकि युद्धका क्रममा ठुलो संख्यामा मानिस हराइरहेका हुन्छन् । तर, युद्धबाट भएको विनाशले देशमा ठुलो मात्रामा विस्थापन पनि निम्त्याएको छ, संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसिआरले अनुमान गरेको छ कि फेब्रुअरी २८ मा अमेरिका–इजरायली आक्रमण सुरु भएदेखि ३२ लाख मानिस (कुल जनसंख्याको तीन प्रतिशतभन्दा बढी) पहिले नै इरानभित्र विस्थापित भइसकेका छन् । हाल इरानको जनसंख्या नौ करोड ३० लाखभन्दा बढी छ ।
इरान युद्ध सुरु भएको मंगलबार ३२ दिन पूरा भएको छ । एक महिनादेखि निरन्तर युद्ध हुँदा पनि सहायता निकाय र इरानको सीमामा रहेका अन्य देशले सम्भावित शरणार्थी संकटका लागि आफूहरूलाई तयार पारिरहेका छन्, किनकि नागरिक हिंसाबाट भाग्न थालेका छन् । सीमापार प्रवाह सीमित छ र धेरै हदसम्म आर्थिक वा छोटो अवधिको छ । इरानसँग सीमा जोडिएको अफगानिस्तानमा विस्थापितहरूको प्रवाह बढिरहेको छ । धेरैजसो आगमन इरानबाट फर्केका अफगानी हुन्, जसले असुरक्षाका कारण जबर्जस्ती देश छाड्न बाध्य भएको बताएका छन् । पाकिस्तानले कुनै शरणार्थी प्रवाहविना नागरिक वा व्यापारीद्वारा मात्र कानुनी प्रविष्टिलाई रिपोर्ट गर्छ । टर्किए, तुर्कमेनिस्तान र अजरबैजानले स्थिर सिमाना, सीमित अधिकृत क्रसिङहरू र तेस्रो देशका नागरिकको कहिलेकाहीँ निकासी रिपोर्ट गर्छ ।
इराकमा संकटको कारण देखाउँदै सानो मात्रामा फर्किएका इरानी नागरिकले सीमापार गरेका छन् । इरानभित्र मानिसलाई उनीहरूको घरको भग्नावशेषबाट बाहिर निकाल्न बाध्य पारिएको छ र धेरै अस्पताल, आणविक सुविधा, रिफाइनरी र डिसेलिनेसन प्लान्ट प्रभावित भएका छन् । अमेरिका र इजरायलले ऊर्जा सुविधामा हमला गर्दा कतिपय क्षेत्रको जनजीवन कष्टकर बनेको छ । इरानमा जमिनमा दबाब बढ्दै गएको छ किनकि युद्ध सुरु भएदेखि ८५ हजार १७६ भन्दा बढी नागरिक स्थल क्षतिग्रस्त भएका छन्, जसमा २८२ स्वास्थ्य सेवा सुविधा, ६०० विद्यालय र ६४ हजार ५८३ घर समावेश छन् ।
सहर प्रशासनले स्थानीय सञ्चार माध्यमलाई बताएअनुसार तेहरानमा मात्र राजधानीमा लगभग १४ हजार आवासीय एकाइ क्षतिग्रस्त भएका छन् र ६ हजारभन्दा बढी मानिसलाई नगरपालिकाका होटलमा राखिएको छ । आवश्यक सेवामा अवरोधको बढ्दो जोखिमले चौतर्फी जटिलता निम्त्याएको छ । जनजीवन सामान्य अवस्थामा फर्किने कुनै टुंगो नभएकाले सर्वसाधारणमा त्रास र अनिश्चितता बढेको छ । युद्धले पुर्याएको मानसिक आघातले विशेषगरी महिला तथा बालबालिका पीडित छन् । दिनहुँको मिसाइल प्रहार, ठुल्ठुला विस्फोटका आवाज र धुवाँको मुस्लोले कलिला बालबालिकाको मनोदशा नै खलबलिएको छ ।
लेबनानमा मात्र १० लाखभन्दा बढी विस्थापित
इरान मात्र त्यस्तो देश होइन, जहाँ तीव्र गतिमा बढिरहेको युद्धले विस्थापन संकट निम्त्याएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका बासिन्दाका लागि जबर्जस्ती विस्थापन आदेश विस्तार गरेको छ । लिटानी नदीदेखि जहरानी नदीको उत्तरसम्म र इजरायली सीमाबाट लगभग ४० किलोमिटर (२५ माइल) उत्तरका सर्वसाधारणलाई आफ्नो थातथलो छाड्न आदेश दिइएको छ ।
नर्वेजियन शरणार्थी परिषद्का अनुसार इजरायलको व्यापक निकासी आदेशमा अहिलेसम्म एक हजार ४७० वर्ग किलोमिटर (५६८ वर्ग माइल) भन्दा बढी वा देशको लगभग १४ प्रतिशत भूभाग समेटेको छ । इजरायली दबाबका कारण लेबनानका १०० भन्दा बढी सहर र गाउँका बासिन्दा विस्थापनको जोखिममा छन् । उनीहरूमध्ये धेरैजसो देशभित्रै विस्थापनको त्रासमा छन् । कतिपय सुरक्षित क्षेत्रको खोजीमा छन् ।
इजरायलका स्थल सेनाले पनि अब दक्षिणी लेबनानका केही भागमा आफ्नो वास्तविक कब्जा बढाउँदै लगिरहेका छन् । इजरायलले ‘बफर जोन’का रूपमा वर्णन गरिएको विषयलाई यसपटक वास्तवमै सिर्जना गर्न चाहेको इजरायली अधिकारीले दाबी गरेका छन् । लेबनानमा लगभग पाँचमध्ये एकजना विगत दुई सातमा विस्थापित भएका छन् । यो भनेको कुल जनसंख्याको १८ प्रतिशत हो । यो भयावह अवस्थाले इरान युद्धका कारण छिमेकी देशले कति ठुलो मूल्य चुकाउन बाध्य छन् भन्ने पुष्टि हुन्छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)का अनुसार दर्ता भएका विस्थापित व्यक्तिको कुल संख्या झन्डै साढे दश लाख पुगेको छ र सामूहिक आश्रयमा बस्ने विस्थापित व्यक्तिको संख्या एक लाख ३२ हजार नाघेको छ ।
विस्थापनको गतिले देशको आश्रय क्षमतालाई उछिनेको छ । धेरै परिवार आवास सुरक्षित गर्न असमर्थ छन् र सामूहिक आश्रय भरिँदा सडक, सवारी साधन वा सार्वजनिक स्थानमा रात बिताइरहेका छन् । कतिपय विस्थापित सार्वजनिक पार्क, भवन र मैदानमा टाल टाँगेर बस्न बाध्य छन् । उनीहरूमध्ये धेरैका लागि यो पहिलोपटक होइन । विगत दुई सातामा दुई लाख ५० हजारभन्दा बढी मानिसले लेबनान छाडेका छन्, जुन फेब्रुअरीको अन्तिम दुई साताको तुलनामा ४० प्रतिशतले वृद्धि हो । धेरैजसो बाहिरी आवागमन छिमेकी सिरियातिर भएको छ । मार्च १७ सम्म एक लाख २५ हजारभन्दा बढी मानिसले सीमा पार गरेका थिए । यीमध्ये लगभग आधा बालबालिका छन् । धेरैजसो सिरियाली नागरिक छन् र उनीहरूमध्ये लगभग सात हजारले लेबनानी सीमा पार गरेका छन् ।
दक्षिणी लेबनानका पुललाई बनाइयो निसाना
इजरायलले दक्षिणी लेबनानमा विभिन्न पुललाई निसाना बनाएको छ । उसले लिटानी नदी हुँदै देशलाई जोड्ने धेरै पुलमा आक्रमण गरेको छ । इजरायली सेनाले कास्मियेह, तटीय राजमार्ग पुल, अल–कान्तरा, खारदाली पुल, अल–दलाफा र जरैया–तिरसेफ्ले पुलमा मिसाइल प्रहार गरी हमला गरेको छ ।
अलजजिराद्वारा प्रमाणित गरिएका स्थानको फुटेज र तस्बिरले प्रत्येक पुललाई विशेष रूपमा बम विस्फोट गरिएको देखाउँछन् । विस्फोटका कारण ती पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यी लेबनानको दक्षिणलाई जोड्ने प्रमुख क्रसिङ थिए । इजरायली रक्षामन्त्री इजरायल काट्जले गत साता सेनालाई लिटानी नदीमाथिका सबै क्रसिङ र दुई देशबिचको सीमानजिकका घर ध्वस्त पार्न आदेश दिएका थिए ।
इजरायली सीमानजिकैको लेबनानका लिटानी नदीका क्षेत्र तीनै स्थान हुन्, जहाँबाट कम्तीमा दश लाख मानिसलाई बाहिर निकालिएको छ । लेबनानी राष्ट्रपति जोसेफ आउनले पुलमा आक्रमण ‘दक्षिणी लिटानी क्षेत्र र बाँकी लेबनानी क्षेत्रबिचको भौगोलिक सम्बन्ध तोड्ने प्रयास’ भएको बताएका छन् । ‘ती कार्य इजरायली सीमामा बफर क्षेत्र स्थापना गर्ने, कब्जाको वास्तविकतालाई बलियो बनाउने र लेबनानी क्षेत्रभित्र इजरायली विस्तार खोज्ने शंकास्पद योजनाभित्र परेका छन्,’ उनले भनेका छन् ।
चुगताई खोज पत्रकार हुन् ।
–अलजजिराबाट