राखेपले तीन महिना निलम्बन गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचन स्थगित गरेको छ । एन्फाले शुक्रबार झापामा चुनावी साधारणसभा गर्न सम्पूर्ण तयार पूरा गरेको थियो । तर, राखेपले बुधबार एन्फालाई तीन महिनासम्म निलम्बन गरेपछि एन्फाले अर्काे सूचना जारी नभएसम्मको लागि निर्वाचन स्थगित गरेको निर्वाचन समितिले जनाएको छ ।
स्रोतका अनुसार सरकारले झापामा हुने निर्वाचन गरे कडा कदम लिने निर्णय गरेपछि एन्फा झुकेको हो ।