अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ।
बुधबार राखेपले पठाएको २४ घण्टे स्पष्टीकरण बुझाउँदै एन्फाले फिफा प्रतिबन्धमा पर्ने हुँदा कुनै अप्रिय निर्णय नगरिदिन आग्रह गरेको छ।
त्यस्तै, १३ चैतमा हुने निर्वाचनमा सरकारको तर्फबाट प्रतिनिधि पठाइदिन पनि अनुरोध गरेको छ।
यता राखेपले विधानसम्मत नभएको भन्दै चैत १३ मा घोषित निर्वाचन रोक्न पटकपटक अनुरोध गर्दै आएको छ। तर, फिफा र एएफसीको कारण भन्दै एन्फा निर्वाचन रोक्न तयार छैन।
एन्फाले राखेपको अनुरोध अटेरी गरेपछि राखेपले तदर्थ कमिटी गठन गर्ने तयारी गरेको छ।