समृद्धि फाइनान्सले देशभरका विभिन्न शाखाबाट वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्याली सम्पन्न गरेको छ । ग्लोबल मनी विक–२०२६ का अवसरमा ‘स्मार्ट मनी टक्स’ नारासहित वित्तीय सचेतनालाई प्राथमिकता दिँदै फाइनान्सको खरेन्द्रपुर शाखाले आइतबार नेपाल राष्ट्र बैंक खरेन्द्रपुरद्वारा आयोजित र्यालीमा सहभागिता जनाएको छ ।
साथै, पुतलीसडक शाखाले नेसनल युनाइटेड स्कुलका विद्यार्थीलाई, पोखरा शाखाले कन्या क्याम्पस विद्यार्थीलाई वित्तीय वित्तीय साक्षरता प्रशिक्षण दिएकोे छ। त्यसैगरी, गैरशाखाले बालगोविन्द जनता माध्यमिक स्कुलका विद्यार्थीलाई, बुटवल शाखाले व्यवसायीलाई र मधुवन शाखाले जनता बोर्डिङ स्कुलका विद्यार्थीलाई, जनकपुर शाखाले मोडेल मल्टिपल कलेजका विद्यार्थी र औरही शाखाले द सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमाझ कार्यक्रम आयोजना गरेको छ ।