रमेश कर्पले आफ्नो छैटौँ संस्थापक दिवस मनाएको छ । ‘सधैँ सँगै, हरेक पलमा’ भन्ने मूल नारासहित आयोजित यस कार्यक्रमले कर्मचारी र व्यवस्थापनबिच एकता, कृतज्ञता र साझा लक्ष्यको अनुभूति सिर्जना गराएको थियो ।
कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टल राखिएको थियो । यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यबिच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
रमेश कर्पमा संस्थापक दिवस वार्षिक रूपमा चैत ६ मा मनाउँदै आइएको छ । यो दिवसमा स्व. अध्यक्ष इमेरिट्स रमेश गुप्ताको जन्मजयन्तीको सम्झना गरिन्छ । कम्पनीका संस्थापकको दूरदर्शी नेतृत्व, अग्रणी सोच, गतिशीलता, वास्तविकता र व्यावसायिकताले कम्पनीको आधार तयार पारेको बताइएको छ । यस दिनले ती मूल्यहरूलाई पुन: पुष्टि गर्दै संस्थापकको योगदानको सम्मान गरेको छ ।
यस अवसरमा कर्मचारीलाई उनीहरूको योगदानस्वरूप सम्मान गरिएको थियो । जसमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरसिप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एक्सिलेन्स इन लिडरसिप अवार्ड समावेश थिए ।
रमेश कर्पले ६ वर्षको सफल यात्रा पूरा गर्दै नवप्रवर्तन, सुदृढ साझेदारी र व्यक्तिगत विकास तथा नेतृत्व सशक्तीकरणमा निरन्तर लागिरहेको छ । संस्थापकको दृष्टिले मार्गनिर्देशन र कर्मचारीको समर्पणले ऊर्जा प्राप्त गरी, रमेश कर्प नयाँ उपलब्धि र अवसरको खोजीमा सँगै अघि बढिरहेको कम्पनीको भनाइ छ ।