लेनदेन र बैंकिङ कसुर मुद्दाका दुईजना पक्राउ

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

सिराहा प्रहरीले लेनदेन मुद्दामा अदालतले कैद सजाय फैसला सुनाएका र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीसहित दुईजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लेनदेन बिगो चालू मुद्दामा सिराहा जिल्ला अदालतले १७ माघ २०७९ मा दुई वर्षको कैद सजाय फैसला सुनाइएका करिब ४५ वर्षीय रामजनम यादवलाई पक्राउ गरिएको हो।

सिराहाको कल्याणपुर नगरपालिका- १० घर भएका यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका- १ स्थित स्वास्थ्य चौकीनजिक खाजा खान लागेका वेला शुक्रबार पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। 

त्यस्तै, इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतको गत २९ पुसको फैसलाअनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी करिब ४० वर्षीय प्रमोद साहलाई पनि पक्राउ गरिएको उनले बताए। उनका अनुसार धनगढीमाई नगरपालिका- ९, गोठचोक घर भएका साहलाई खोजतलासको क्रममा घरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको छ। 
 

सुझावित समाचार