मिर्गौला दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको छ । खेलमा अंग प्रत्यारोपितको टोलीले कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मीको टोलीलाई ३–२ को अन्तरले हराएको छ ।

स्वास्थ्य अभियान नेपालको आयोजनमा नेपाल किड्नी समाज काठमाडाैं, मिर्गौलापीडित सरोकार समाज र राष्ट्रिय मिर्गौलापीडित सरोकार केन्द्रको सहआयोजनामा प्रभातफेरी कार्यक्रम र मैत्रीपूर्ण फुटबल खेल गरिएको हो ।

एन्फा कम्प्लेक्समा भएको मैत्रीपूर्ण खेलमा अंगदाता तथा तिनका परिवार, कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मीको सहभागिता रहेको स्वास्थ्य अभियान नेपालका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले बताए । 

सुझावित समाचार