नेकपाका संयोजक प्रचण्ड सात हजार मतान्तरसहित रुकुम पूर्वबाट निर्वाचित

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रुकुम पूर्वबाट उनी १० हजार २४० मतसहित निर्वाचित भएका हुन् । उनी करिब सात हजार मतान्तरसहित विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले तीन हजार ४६२ मत पाए भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले तीन हजार ८१ मत पाइन् । रास्वपाका लखनकुमार थापाले यहाँ ८१९ मत पाए। 

सुझावित समाचार