- इरानी आक्रमण सुरुमा अमेरिकी सैन्य आधारमा केन्द्रित भए पनि पछि खाडी राष्ट्रहरूका होटेल, विमानस्थल र ऊर्जा सुविधासमेत निसानामा पर्न थालेका छन्
इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेको केही घण्टापछि तेहरानले इजरायल र धेरै खाडी देशस्थित अमेरिकी सैन्य सम्पत्तिहरूमा बदला लिने हमला सुरु गर्यो । त्यसवेलादेखि इरानले इजरायलका लक्ष्यका साथै बहराइन, साउदी अरेबिया, कतार, इराक र संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका अमेरिकी सैन्य आधारमा हमला आक्रमण गरिसकेको छ । इरानी आक्रमण सुरुमा अमेरिकी सैन्य आधारमाकेन्द्रित भए पनि खाडी राष्ट्रहरूले तेहरानले होटेल, विमानस्थल र ऊर्जा सुविधालगायतका नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमणहरू विस्तार गरेको बताएका छन् । इरानले खाडी देशका कुन कुन ठाउँमा आक्रमण गरेको छ ?
अमेरिकी सैन्य आधार
बहराइनले शनिबार आफ्नो राजधानी मनामास्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लिटको मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको बतायो । त्यस्तै, इरानले अली कुबेतस्थित अल–सलेम एयरबेसमा धेरै ब्यालिस्टिक मिसाइलले आक्रमण गरेको थियो, जसलाई कुवेती वायु रक्षा प्रणालीले रोकेको थियो । कतारमा, रक्षा मन्त्रालयले भनेको छ कि यसले ‘पूर्वअनुमोदित सुरक्षा योजना’अनुसार देशमा आक्रमणलाई ‘विफल’ बनाएको छ । देशको महत्वपूर्ण निसानामा पुग्नुअघि नै ‘सबै मिसाइल’ रोकेको उसको दाबी छ । शनिबार, इरानले अमेरिकी सेनाहरू रहेको अल उदेद एयरबेसमा लक्षित गरेको थियो ।
द्वन्द्वको विगत पाँच दिनमा खाडी देशहरूमा आक्रमणतीव्र भएका छन्, र यस क्षेत्रका सरकारहरूले ठुलो संख्यामा इरानी क्षेप्यास्त्र र ड्रोन रोकेको बताएका छन् । बहराइनले आफ्नो वायु रक्षा प्रणालीले पछिल्लो द्वन्द्व सुरु भएदेखि इरानद्वारा प्रहार गरिएका ७३ क्षेप्यास्त्र र ९१ वटा ड्रोननष्ट गरेको बताएको छ । युएईको रक्षा मन्त्रालयका प्रवक्ताले आफ्नो देशमा १८६ क्षेप्यास्त्रप्रहार गरिएको र तीमध्ये १७२ वटा नष्ट गरिएको बताएका छन् । एउटा क्षेप्यास्त्र युएईको भूभागमा खसेको थियो । त्यस्तै, ८१२ इरानी ड्रोन निगरानी गरिएको थियो र तीमध्ये ७५५ वटा रोकिएको थियो ।
कतारको रक्षा मन्त्रालयले शनिबारदेखि तीनवटा क्रुज मिसाइल पहिचान गरिएको र रोकिएको बताएको छ । त्यस्तै, १०१ ब्यालिस्टिक मिसाइल पहिचना गरिएको र ९८ वटा रोकिएको थियो । ३९ वटा ड्रोनहरू पत्ता लगाइएको र २४ वटा रोकिएको थियो । सोमबार, कतारी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा वायुसेनाले दुईवटा इरानी एसयू –२४ लडाकु विमान खसालेको बताएको छ ।
अमेरिकी दूतावास पनि निसानामा
मंगलबार बिहानै, साउदीको राजधानी रियादमा रहेको अमेरिकी दूतावासमा दुईवटा ड्रोनले प्रहार गरेपछि ‘सीमित आगलागी’ भएको थियो । आक्रमणबाट परिसरमा ‘सानो भौतिक क्षति’ भएको साउदी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको थियो । आक्रमणपछि रियादको कूटनीतिक क्वार्टरमा कालो धुवाँ उडिरहेको देखिएको रोयटर्स समाचार एजेन्सीले रिपोर्ट गरेको छ । उक्त क्वार्टरमा विदेशी नियोग छन् ।
कुवेतको विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुवेतस्थित अमेरिकी दूतावास भवनलाई लक्षित गरी ‘विश्वासघाती इरानी आक्रमण’ गरिएको बताएको छ । कुवेत शहरस्थित दूतावास नजिकैबाट धुवाँ निस्किरहेको भिडियोहरू सार्वजनिक भएको एक दिनपछि यो घटना भएको हो । विज्ञप्तिमा आक्रमणलाई ‘सबै अन्तर्राष्ट्रिय मान्यता र कानुनको स्पष्ट उल्लंघन’ भनिएको छ, जसमा १९४९ को जेनेभा महासन्धि र १९६१ को कूटनीतिकसम्बन्धी भियना महासन्धि समावेश छ, जसले सशस्त्र द्वन्द्वको अवस्थामा पनि कूटनीतिक भवनहरू र त्यहाँका कर्मचारीहरूलाई उन्मुक्ति प्रदान गर्दछ । ’
सोमबार, कुवेतमा तीन अमेरिकी जेट विमान दुर्घटनाग्रस्त भए । अमेरिकी सेनाले दुर्घटनाको कारण ‘मैत्रीपूर्ण गोलीबारी’ भएको बताएको छ, तर कुवेती विज्ञप्तिले घटनाको कारण बताएको छैन । कुवेतस्थित अमेरिकी दूतावासले मंगलबार ‘चलेको क्षेत्रीय तनाव’लाई उद्धृत गर्दै अर्को सूचना नभएसम्मका लागि आफ्नो काम स्थगित गरेको छ ।
ऊर्जा पूर्वाधारमा हमला
कतारको राज्य सञ्चालित ऊर्जा फर्म र विश्वको सबैभन्दा ठुलो तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादक, कतार इनर्जीले सोमबार कतारको रास लाफान र मेसाइदमा रहेका आफ्ना सञ्चालन सुविधामा इरानी आक्रमणपछि एलएनजी उत्पादन बन्द गरेको घोषणा गरेको छ । इरानी अधिकारीहरूले सार्वजनिक रूपमा कतार इनर्जीलाई लक्षित गरेको अस्वीकार गरेका छन् । साउदी आरामकोद्वारा सञ्चालित यसको सबैभन्दा ठुलो घरेलु तेल रिफाइनरी, रास तनुरा प्लान्टमा आगो लागेपछि साउदी अरेबियाले सञ्चालन बन्द गरेको छ । अधिकारीहरूले दुई इरानी ड्रोनको अवरोधबाट आएको भग्नावशेषका कारण आगलागी भएको बताएका छन् ।
इरानको तस्निम समाचार एजेन्सीले एक नाम नखुलाइएको इरानी सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ: ‘अराम्कोमा आक्रमण इजरायली झूटा झन्डा अपरेसन थियो,’ इजरायलको लक्ष्य ‘इरानमा नागरिक स्थलहरूमा आक्रमण गर्ने आफ्नो अपराधबाट क्षेत्रीय देशहरूको दिमागलाई विचलित गर्नुथियो ।’ ‘इरानले स्पष्ट रूपमा घोषणा गरेको छ कि यसले यस क्षेत्रका सबै अमेरिकी र इजरायली हित, प्रतिष्ठान र सुविधालाई लक्षित गर्नेछ, र अहिलेसम्म तीमध्ये धेरैमाथि आक्रमण गरिसकेको छ, तर आरामको सुविधा अहिलेसम्म इरानी आक्रमणको लक्ष्यमा परेका छैनन्,’ स्रोतले एजेन्सीलाई भन्यो ।तस्निमले स्रोतलाई उद्धृत गर्दै भनेको छ: ‘गुप्तचर स्रोतहरूले हामीलाई प्रदान गरेको तथ्यांकअनुसार युएईको फुजैराह बन्दरगाह पनि झुटा झन्डा अपरेसनमा इजरायलीहरूको अर्को लक्ष्यमध्ये एक हो, र यो शासनले यसमा आक्रमण गर्ने योजना बनाएको छ ।’
अबुधाबी र दुबईका विमानस्थल
युएईको अबुधाबी र दुबईमा विमानस्थल र इराकको स्वायत्त कुर्दिस क्षेत्रको राजधानी एर्बिलमा पनि विमानस्थलहरू लक्षित गरिएका छन् । अधिकारीहरूले आक्रमणको लागि इरानलाई दोष दिएका छन्, यद्यपि तेहरानले ती सुविधामा भएका आक्रमणको सार्वजनिक रूपमा जिम्मेवारी लिएको छैन । एर्बिल अन्तर्राष्ट्रिय विमानस्थललाई शनिबार दुईपटक निसाना बनाइएको अलजजिराका एक संवाददाताले उल्लेख गरेका छन् । ड्रोनले विमानस्थललाई लक्षित गर्ने प्रयास गरेको थियो र हवाई रक्षाले त्यसलाई रोकेर खसालेको थियो ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले मंगलबार एक पत्रकार सम्मेलनमा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने प्रयास भएको, तर ती सबै असफल भएको बताए । अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा, कम्तीमा एक व्यक्तिको मृत्यु भएको र सातजना घाइते भएका छन् । तर, अधिकारीले त्यसलाई ‘दुर्घटना’ भनेका छन् ।
दुबई मिडिया कार्यालयले घटना के हो वा यसको पछाडि को थियो भन्ने कुरा निर्दिष्ट नगरी एक्स पोस्टमा लेखेको छ कि दुबई अन्तर्राष्ट्रिय विमानस्थलको एक भागमा ‘सामान्य क्षति भएको छ’। विश्वको सबैभन्दा व्यस्तमध्ये एक, यस क्षेत्रको हवाई क्षेत्र, द्वन्द्वको कारण बन्द गरिएको छ, जसले गर्दा हजारौँ यात्रु अलपत्र परेका छन् । युएईमा लगभग २०,००० यात्रु अलपत्र परेका छन्, जबकि हवाई क्षेत्र बन्द रहँदा लगभग ८,००० मानिसहरू कतारमा ट्रान्जिटमा फसेका छन् । दैनिक १,००० भन्दा बढी उडानहरू सञ्चालन गर्ने कतार एयरवेज, एमिरेट्स र एतिहादले सञ्चालन स्थगित गरेका छन् । एमिरेट्सले सोमबार सीमित उडान पुन: सुरु गर्ने घोषणा गरेको छ, तर सामान्य सञ्चालन सुरु भएको छैन ।
होटेल र आवासीय भवनमा पनि हमला
बहराइनको आन्तरिक मन्त्रालयले शनिबार मनामामा धेरै आवासीय भवनमा आक्रमण भएको बताएको छ । एक्समा रिपोर्ट गरिएको छ कि नागरिक रक्षा प्रभावित स्थलहरूमा आगो निभाउने र उद्धार कार्यमा संलग्न छ । शनिबार, इरानले युएईभर १३७ वटा मिसाइल र २०९ ड्रोन प्रहार गरेको रक्षा मन्त्रालयले जनाएको छ, जसबाट निस्कोकोधुवाँ दुबईका पाम जुमेराह र बुर्ज अल अरबसम्म पुगेको छ । सामाजिक सञ्जालमा प्रसारित भिडियोमा पाम जुमेराह क्षेत्रमा रहेको पाँचतारे लक्जरी होटेल र फेयरमोन्ट द पामको प्रवेशद्वारबाट धुवाँ निस्किरहेको देखिएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता अल–अन्सारीले इरानी निसाना केवल सैन्य मात्र होइन ।
कतारको उत्तरदेखि दक्षिणसम्म सबै रातो रेखा पार गरिएको अल–अन्सारीले बताए । इरानी विदेशमन्त्री अब्बास अराघचीले भने कि तेहरानले बहराइनको एक होटेलपरिसरलाई निसाना बनाएको थियो किनभने त्यहाँ अमेरिकी सैनिक थिए । ‘हामी फारसी खाडीमा हाम्रा दाजुभाइ वा छिमेकीहरूलाई लक्षित गरिरहेका छैनौँ । तर, हामी अमेरिकी लक्ष्यलाई निसाना बनाइरहेका छौँ र यो स्पष्ट छ,’ अराघचीले मंगलबार भने ।
इरानीहरूले छिमेकी देशहरूमा नागरिक पूर्वाधारमा प्रहार गर्नुको एउटा कारण ‘आफ्नो सैन्य क्षमता प्रदर्शन गर्नु ’ हो, कतार विश्वविद्यालयका इरान र खाडी विश्लेषक लुसियानो जाकाराले अल जजीरालाई भने । ‘इरानले सबै आक्रमणहरूको बदला लिइरहेको छ’, उनले भने ।
(नर्थ वेस्टर्न युनिभर्सिटीको मेडिल स्कुल अफ जर्नालिजम पढेकी सारा जलवायु परिवर्तन, सहरी विकासदेखि राजनीतिबारे कलम चलाउँछिन्)
अलजजिराबाट