फ्रिकिकमा सर्वाधिक गोल गर्ने मेसी चौथो खेलाडी

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रिकिकमा सर्वाधिक गोल गर्ने सूचीको चौथो स्थानमा उक्लिएका छन् । मेसीले अमेरिकी क्लब इन्टर मियामीबाट गोल गर्दै उपलब्धि हात पारेका हुन् । अमेरिकी सकर लिग (एमएलएस)को दोस्रो खेलमा उनले फ्रिकिकमा गोल गरेका थिए । कप्तान मेसीले गोलमा मियामीले अर्लान्डो सिटीलाई ४–२ ले हरायो । यस खेलमा उनले दुई गोल गरेका थिए । 

खेलको ९०औँ मिनेटमा मेसीले गरेको फ्रिकिकमा करिअरकै ७०औँ गोल गरेका थिए । उनीभन्दा अगाडि फ्रिकिकमा सर्वाधिक गोल गर्ने तीन खेलाडी अगाडि छन् । मेसीभन्दा अगाडि ब्राजिलका लिजेन्ड छन् । फ्रिकिकमा धेरै गोल गर्नेमा ब्राजिलका मार्सेलिनो कारिओका हुन् । उनले ७८ गोल गरेका छन् । ब्राजिलकै रोबर्टाे डिनामिटाले ७५ गोलका साथ दोस्रो स्थानमा छन् । ब्राजिलका जुनिन्हो ७२ गोलका साथ तेस्रो स्थानमा रहेका छन् । 

पछिल्लो समय मेसी लयमा खेलिरहेका छन् । ३८ वर्षीय मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पनि खेलिरहेका छन् । उनले एमएलएसको यस सिजनमा ५५ खेलमै ५२ गोल गरिसकेका छन् । पछिल्लो ४९ खेलमा उनले ५१ गोल गरेका छन् । मेसीले करिअरमा ८९८ गोल गरिसकेका छन् । उनी नौ सय गोल गर्न दुई संख्याले पछाडि छन् । 

मियामीको पुनरागमन जित 
प्रतिस्पर्धामा मियामी मध्यान्तरअघि २–० ले पछि परेको थियो । मियामीले दोस्रो हाफमा चार गोल गर्दै खेलमा तीन अंक जोडेको थियो । खेलमा मेसी नै म्यान अफ दी म्याच भए । खेलको १८औँ मिनेटमा मार्को पासालिचले अर्लान्डोलाई १–० को अग्रता दिलाए । खेलको २४औँ मिनेटमा मार्टिन ओजेडाले २–० का लागि गोल गरे । खेलको ४९औँ मिनेटमा २० वर्षीय अर्जेन्टिनी युवा माटेओ सिल्भेट्टीले मियामीलाई २–१ को गोलअन्तरमा पुर्याए । 

खेलको ५७औँ मिनेटमा मेसीले व्यक्तिगत पहिलो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको ८५औँ मिनेटमा मेसीको पासमा टालिस्को सेगोभियाले मियामीलाई ३–२ को अग्रता दिलाएका हुन् । खेलको ८८औँ मिनेट घरेलु टोली १० खेलाडीमा सीमित बन्यो । कोलिन गुस्केले रातो कार्डको सामना गरेका थिए । मेसीले त्यसकै फाइदा उठाए । उनले ९०औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन् । 

See More On

सुझावित समाचार