२० खेलाडी बन्द प्रशिक्षणमा

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । राष्ट्रिय टोलीका नियमित सदस्य तथा जय ट्रफीको प्रदर्शनका आधारमा क्यानले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाको नेपालसहित युएई र ओमान सहभागी हुनेछन् । खेल २६ फागुनदेखि ६ चैतसम्म हुनेछ । प्रशिक्षक स्टुआर्टलेले टी–२० विश्वकपपछि घोषणा गरेको टिममा कप्तान रोहित र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, साहब आलम, शेर मल्ल, इसान पाण्डे, आकाश चन्द र हेमन्त धामी छन् । 

सुझावित समाचार