मानसिंह र बेलमोन्टले प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको महिलातर्फ सहज जित निकालेका छन् । आयोजक तेजस्वी एकेडेमीको कोर्टमा आइतबार मानसिंहले ह्वाइट हेभेनलाई १६–१० ले पराजित गर्यो ।
बेलमोन्टले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले हरायो । तेजस्वीले संस्कृति शिक्षालयलाई २३–१८ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइट हेभेनलाई २५–१५ ले पाखा लगाए ।