बंगलादेशमा तारिक रहमानले लिए प्रधानमन्त्रीको शपथ

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

बंगलादेशमा हालै भएको निर्वाचनमा बहुमत ल्याएको बंगलादेश नेशनललिष्ट पार्टी(बिएनपी)का नेता तारिक रहमानले प्रधानमन्त्रीको समथ लिएका छन्। सोमबार ढाकामा रहमान र मन्त्रीहरुले सपथ लिएका हुन्। उनले मंगलबार नै पदभार ग्रहण गरेका छन्। 

तत्कालिन प्रधानमन्त्री शेख हसिना आन्दोलनबाट अपदस्त भएको १४ महिनापछि गत १२ फेब्रुअरीमा सम्पन्न निर्वाचनमा बिएनपी तीन सय मध्ये २१२ सिटमा विजयी भएको थियो। 

रहमान पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। उनी तीन महिनाअघि मात्र निर्वाचनसबाट स्वदेश फर्किएका थिए। पहिलोपटक निर्वाचनमा भाग लिएका उनले पार्टी र देशको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्। 

सुझावित समाचार