भारतपछि नेपालको खेलमा धेरै टिकट माग

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

भारत र श्रीलंकाले आगामी ७ फेब्रुअरीदेखि आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । तेस्रोपटक विश्वकप खेल्न लागेको नेपालको खेलका लागि टिकटको माग आयोजक भारतपछि उच्च रहेको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मिडियाले नेपाललाई सरप्राइज प्याकेज टोली भनेको छ । नेपाल समूह ‘सी’मा रहेको छ । नेपालका सबै खेल मुम्बईको वानखेडे रंगशालामा हुनेछ । इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ । 

यी चारवैट खेलका लागि टिकटको माग बढेको भारतीय मिडियाले जनाएका हुन् । ‘अहिले भारतपछि धेरै टिकटको माग नेपालको खेलको रहेको छ,’ एजेन्सीले भन्यो, ‘विश्वकपका दौरान वानखेडे रंगशालामा नेपाली क्रिकेट समर्थकको उपस्थिति ठुलो हुने लक्षण देखिसकेको छ ।’

नेपालले आफ्नो समूहमा यसअघि टेस्ट राष्ट्र बंगलादेशविरुद्ध खेल्ने तालिका थियो । तर, भारतसँगको भूराजनीतिक खिचातानीले बंगलादेशले विश्वकप नखेल्ने निर्णय लियो । 

See More On

सुझावित समाचार