समृद्धिको २४औँ साधारणसभा

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारणसभा बुधबार हेटौँडामा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष अजयकुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेस गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले संस्थाले हालसम्म गरेका कार्यबारे जानकारी गराए । साधारणसभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिका लागि पेस गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

त्यसैगरी, सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यका लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । आर्थिक वर्ष ०८२/८३ को बाह्य लेखापरीक्षक पनि नियुक्त गरेको छ ।

सुझावित समाचार