सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँट

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

सिटिजन्स क्यापिटल लिमिटेडले ४ देखि १८ पुससम्म निष्कासन तथा बिक्री खुला गरेको सिटिजन्स सन्तुलित योजनाको इकाइ आइतबार बाँडफाँट गरिएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स इन्टरनेसनल बैंक कोष प्रवर्द्धक कर सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो बन्दमुखी योजना हो । 

कम्पनीले एक अर्ब रुपैयाँको १० करोड प्रतिइकाइ १० रुपैयाँका दरले बिक्री खुला गरेको थियो । जसमा बीजपुँजीबापत एक करोड ५० लाख कित्ता कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई छुट्याइएको थियो । बाँकी आठ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

क्यापिटलका अनुसार निष्कासन अवधिभर मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २५ प्रतिशतले थप गरी एक अर्ब २५ करोड रुपैयाँले हुन आउने १२ करोड ५० लाख इकाइ कायम गरिएको थियो । आवेदन दिएका ६७ हजार सात सय २० आवेदकलाई मागअनुसार बाँडफाँट गरिएको बताइएको छ । 
 

सुझावित समाचार