आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रहरीमा भर्ना हुन मोरङमा युवाहरूको आकर्षण बढेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबारसम्म मोरङमा एक हजार ३४४ जना महिला र तीन हजार ४०७ जना पुरुषले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दर्ता गराइसकेका छन्।
मोरङमा आगामी निर्वाचनका लागि चार हजार ३८३ जना निर्वाचन प्रहरीको माग भएको छ । आवेदन दिने समय माघ १ गतेसम्म रहेकोले यो संख्या अझै बढ्ने र मागभन्दा बढीको आवेदन पुग्ने मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए।