टी–२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा तयारी तथा अभ्यास खेल खेल्ने भएको छ । विश्वकपको तयारीस्वरूप श्रीलंका र भारतमा छुट्टाछुट्टै अभ्यास खेलका साथै प्रतियोगिता पनि हुन लागेको हो।
श्रीलंका ‘ए’ सँग जनवरी २०, २२ र २४ मा टी–२० प्रतिस्पर्धा हुने भएको छ। त्यसअघि १९, २१ र २३ जनवरीमा श्रीलंकामै तीनवटा अभ्यास खेल हुने नेपाल क्रिकेट संघले जनाएको छ।
त्यस्तै, भारतको मुम्बई क्रिकेट एसाेसियसन प्रेसिडेक्ट ११ टिमसँग दुईवटा टी–२० खेल्ने तय भएको छ । मुम्बईको क्रिकेट क्लब अफ इन्डिया(सिसिआई)मा २९ र ३१ जनवरीमा खेल हुनेछ। सोही मैदानमा २७ र २८ मा भने अभ्यास खेल हुने नेपाल क्रिकेट संघले जनाएको छ।
आगामी ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा टी–२० विश्वकप हुँदैछ। प्रतियोगितामा गु्रप ‘सी’ मा रहेको नेपालको समूहमा इंल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले टी–२० विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ।

