नेपाल बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौं चाबहिलमा रहेको ओम हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कमा बिल रकमको पाँचदेखि १५ प्रतिशतसम्म छुट हुनेछ ।