नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनलाई विशेष बनाएर टुंग्याउनुपर्ने बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो महाधिवेशनको नाम मात्र विशेष होइन, विशेष बनाएर टुंग्याउनुपर्छ।’
अहिलेको महाधिवेशन विचारको लडाइँ भएको उनको भनाइ छ। पार्टीका सदस्यहरूले आफ्नो हकको दाबी गरेर यो महाधिवेशन बोलाएको उनको भनाइ छ। उनले भने, ‘अब कसैले पनि पार्टीका सदस्यलाई हेप्न सक्दैन।’
सदस्यहरुले नीति पनि बदल्ने र नेता पनि बदल्ने भनेर माग गरेकाले यो महाधिवेशन कहाँ गएर टुंगिने आफुलाई पनि थाहा नभएको बताए। सोमबार महाधिबेशनले जे निर्णय गर्छ त्यो आफ्नो लागि मान्य हुने उनको भनाई छ।
कांग्रेस लास र दासहरुको पार्टी नभई जिउँदो मान्छेहरुको पार्टी भएको उनले बताए।