अर्घाखाँचीबाट टोपबहादुरसहित एमालेले गर्‍यो पाँचजनाको नाम सिफारिस

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा (एमाले)ले पाँचजनाको नाम सिफारिस गरेको छ।

एमालेले पूर्वसचिव टोपबहादुर रायमाझी, जिल्ला अध्यक्ष पीताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरेको हो।

एमाले जिल्ला कार्यालय सचिव लीलाबहादुर विकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।

सुझावित समाचार