विद्युत् खरिदको अनुमति नवीकरण : भारतले हिउँदमा २४ घण्टा नै विद्युत् दिने

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

भारतले यसपालि हिउँदमा भने २४ घण्टा नै विद्युत् दिने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपाल विद्युत् प्राधिरकणलाई ६५४ मेगावाट विद्युत् आफ्नो बजारबाट खरिद अनुमति दिएको छ, त्यसमा २४ घण्टा नै विद्युत् दिने सर्त उल्लेख गरिएको छ ।

नयाँ अनुमतिअनुसार प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट विद्युत् आयात गर्न पाउनेछ । अनुमतिपत्रको म्याद भने १७ पुसदेखि १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्मको छ ।

१८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ । भारतले यसअघि १०५४ मेगावाट विद्युत् खरिद गर्न दिएको अनुमतिको म्याद बुधबारसम्म थियो । ऊर्जामन्त्री कुलमान घिसिङले २४ घण्टा नै विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।

सुझावित समाचार