सिटिजन्स क्यापिटललाई इक्रा–एनपी एएमसी थ्री–प्लस रेटिङ

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

सिटिजन्स क्यापिटल लिमिटेडलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले एएमसी क्वालिटी थ्री–प्लस रेटिङ प्रदान गरेको छ । सामूहिक लगानी कोष व्यवस्थापकको काम गर्दै आइरहेको क्यापिटलले यसअघि एएमसी क्वालिटी ग्री रेटिङ पाएको थियो । तर, सो रेटिङलाई पुनरावलोकन गरी इक्राले एएमसी क्वालिटिी थ्री–प्लस रेटिङ दिएको हो । यसले कम्पनीको स्तर वृद्धि पुष्टि गरेको सिटिजन्सले जनाएको छ । 

इक्राका अनुसार सिटिजन्सको सुदृढ व्यवस्थापन संरचना, प्रभावकारी जोखिम व्यवस्थापन, सन्तुलित आन्तरिक नियन्त्रण व्यवस्था तथा लगानी व्यवस्थापन क्षमतामा आएको निरन्तर सुधारलाई आधार मानी उक्त रेटिङ प्रदान गरिएको हो । 

उक्त रेटिङले कम्पनीको सञ्चालन स्थायित्व, सुशासन अभ्यास, अल्पकालीन तथा दीर्घकालीन लगानी रणनीति, सामूहिक लगानी कोषका योजनाले प्रदान गरेको प्रतिफल र दीर्घकालीन व्यावसायिक सम्भावनालाई सकारात्मक रूपमा प्रतिबिम्बित गर्ने बताइएको छ । 

सुझावित समाचार