लौरो कि घण्टी भन्ने प्रश्नमा अमरेश भन्छन्– केही दिनभित्रै थाहा हुन्छ

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण
लौरो कि घण्टी भन्ने प्रश्नमा अमरेश भन्छन्– केही दिनभित्रै थाहा हुन्छ

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सबै नयाँ र वैकल्पिक शक्तिहरू मिल्ने बताएका छन्।

काठमाडौंका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने दुवैसँग आफू संवादमा रहेको उल्लेख गर्दै सिंहले छलफल सकारात्मक दिशामा अघि बढेको बताए।

ललितपुरको ज्वागलमा सञ्चारकर्मीहरूसँग सिंहले भने, ‘हामी परिवर्तन, जनता र युवा जेन-जीको सुशासनको चाहनालाई आत्मसात गरेर अघि बढ्छौँ।’

चुनाव चिह्न लौरो कि घण्टी भन्ने प्रश्नमा उनले भने, ‘अझै समय छ। दुई–चार दिनभित्र तपाईंले यसको सही जवाफ कामबाटै पाउनुहुन्छ।’
 

सुझावित समाचार