चाँदबागको स्थापना दिवसमा विद्यार्थीको प्रस्तुति

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंको नारायणटारमा रहेको द चाँदबाग स्कुलले शुक्रबार स्थापना दिवस तथा अभिभावक भेला मनाएको छ । प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले कला, साहित्य तथा सांगीतिक प्रस्तुति दिए । 

दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलका रेक्टर फादर स्ट्यान्डली भर्गिजले विद्यार्थीलाई सिकाइसँगै शैक्षिक क्रियाकलापबारे मन्तव्य राखे । 

सिजी एजुकेसनका अध्यक्ष विनोदकुमार चौधरीले नेपालका शैक्षिक कार्यक्रममा अझै पनि सरकारी अवरोध रहेको गुनासो गरे । ‘अन्य देशका शैक्षिक संस्था विश्वभरि फैलिन थालिसके, समन्वय गरेर शैक्षिक कार्यक्रम गर्न चाहन्छन् । यसरी गुणस्तरीय शिक्षाको लाभ लिइरहेका हुन्छन्,’ उनले भने, ‘हाम्रा मन्त्रालयका ढोका भने त्यो काममा पूरै बन्द छन् । हामी राम्रो शिक्षा दिने प्रयास गरिरहेका छौँ ।’ उनले स्कुलको ब्यानर कति ठुलो छ भन्दा पनि शिक्षामा विद्यालय कति जिम्मेवार भन्ने महŒवपूर्ण रहेको उनले बताए ।

सुझावित समाचार