संघीयतालाई छरितो बनाउन प्रदेशमा तीन मन्त्री भए पुग्छ : प्रदीप पौडेल

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण
संघीयतालाई छरितो बनाउन प्रदेशमा तीन मन्त्री भए पुग्छ : प्रदीप पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संघीयतालाई छरितो बनाउनुपर्ने बताएका छन्। संघीयता हटाउनु समाधान नहुने प्रस्ट पार्दै पूर्वमन्त्रीसमेत रहेका पौडेलले यस्तो बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतालाई छरितो बनाउन चालू खर्च घटाउनुपर्ने बताए। त्यसका लागि प्रदेशमा तीन मन्त्री मात्रै भए पुग्ने उनको धारणा छ।

‘संघीयतालाई छरितो बनाउन चालू खर्च घटाउनुपर्याे । प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीयमन्त्री, एउटा प्रशासनमन्त्री, तीनजनाको मात्र भए हुन्छ । म्यानुअल्ली काम गर्नुपर्ने यत्रो ठुलो संरचना आवश्यक छैन,’ उनले भने।

नेपालको प्रशासनिक संरचनालाई पूर्ण रपमा डिजिटलाइज्ड गर्न सके चालू खर्चको दुईतिहाइ कटौती हुने नेता पौडेलको भनाइ छ।
 

सुझावित समाचार