चालू आर्थिक वर्षको चार महिनामा भित्रियो पौने सात खर्ब रेमिट्यान्स

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोजको तुलनामा कात्तिकमा ६४ अर्बले रेमिट्यान्स घटेको हो ।

०८२ कात्तिकमा एक खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा दुई खर्ब एक अर्ब रुपैयाँबराबर भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड छ ।

गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो । गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।

चालू आवको चार महिना अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई चार अर्ब ८८ करोड पुगेको छ । गत आवको अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशत बढेको थियो ।

सुझावित समाचार