सन्दीपले बंगलादेश प्रिमियर लिग खेल्ने

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन्।

सन्दीपले राजशाही वारियर्सबाट बिपिएल खेल्न लागेका हुन्। राजशाहीले आइतबार आफ्नो सामाजिक संजालमार्फत उनलाई टोलीमा स्वागत गर्दै यसबारे जानकारी दिएको हो।

आगामी संस्करणको बिपिएल ०२५/२६ यही डिसेम्बर २५ देखि सुरु हुँदै छ। सन्दीपले यसअघि सन् ०१८/१९ मा सिल्हेट सिक्सर्सबाट बिपिएल खेलेका थिए।

सुझावित समाचार