रमेश लेखकसम्मै देखियो भिजिट भिसाको कनेक्सन

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

६ महिना लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा हुने सेटिङमा मुद्दा चलाएको छ। आयोगले बिहीबार तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। 

पहिलो चरणको अनुसन्धान टुंग्याएर मुद्दा दायर गरिएको आयोगले जनाएको छ। दोस्रो चरणमा उच्चपदस्थ विरुद्धसमेत मुद्दा चलाउने आयोगको तयारी छ। आयोगले जारी गरेको विज्ञप्तिमा तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालय र महाशाखाका कर्मचारीसँगसमेत भट्टराईको लेनदेनको सम्भावना देखिएकाले त्यस विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। स्रोतका अनुसार लेखकका निजी सचिव बद्री तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग लेनेदेन देखिएको छ। तिवारी हाल म्याग्दीको प्रमुख जिल्ला अधिकारी छन्। त्यस्तै, गृहका तत्कालीन सचिव गोकर्णमणि दुवाडी तथा सहसचिवहरूमाथि पनि आयोगले छानबिन गरिरहेको छ। 

अख्तियारको विज्ञप्तिमा भनिएको छ-

सुझावित समाचार