विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनी लायन्स दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३५ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा विराटनगर १७.५ ओभरमा अल आउट हुँदा मात्र ९४ रन बनाएपछि लुम्बिनी पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो। पहिलोे संस्करण पुछारमा रहेको लुम्बिनी दोस्रो संस्करणमा भने फाइनलमै पुग्न सफल भएको हो।
अब लुम्बिनीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। पहिलो क्वालिफायर्समा विराटनगरलाई ७७ रनले हराउँदै सुदूर फाइनलमा पुगेको हो। पराजित विराटनगरले यसपटक दोस्रो क्वालिफायर्स खेल्ने अवसर पायो। यता, इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले आफ्नो लय कायम राखेको छ। टोली लगातार पाँच खेलमा विजयी भएको छ।
यसअघि लिगमा सुदूरपश्चिमले ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रह्यो। समान १० अंक भएपछि नेट रनरेटमा काठमाडौंलाई पछि पार्दै विराटनगर दोस्रो स्थानमा सुरक्षित गर्न सफल भयो। ८ अंकको लुम्बिनी प्लेअफ खेल्ने चौथो टोली बन्यो। यता, पाँचौं पोखरा, छैटौं कर्णाली र सातौं चितवन तथा साविक विजेता जनकपुर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका थिए।
विराटनगरविरुद्ध लुम्बिनीका बलर हाबी भए । विराटनगरले दोस्रो ओभरमै ३ विकेट गुमाएपछि दबाबमा आयो । टोलीे लगातार दोस्रो खेलमा ब्याटिङमै चुक्यो । पाँचौं बलमा २ रन बनाएका मार्टिन गप्टिल गुमाएपछि विराटनगर आत्तियो । छैटौं बलमा लोकेश बम डक आउट भए । आशा गरिएका चर्चित दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिस पनि ३ रन मात्रै बनाएर १.३ ओभरमा आउट हुँदा विराटनगरले मात्र ६ रन जोड्यो र तीन विकेट गुुमायो । पावर प्लेमा टाेलिले मात्र २८ रन जोड्यो ।
चौथो नम्बर क्रिजमा आएका साम हेजलेटले २८ बलमा सर्वाधिक ३४ रन बनाए । उनले समान दुई चौका र छक्का हिर्काएका हुन् । नरेन भट्टले २१ बलमा २१ रनकै योगदान गरे । मार्चन्ड डि लाग्न्ेले २० बलमा १७ रनको योगदान गरे । शंकर राना ७ तथा बसिर अहमद र कप्तान सन्दीप लामिछानेले मात्र ३ रन बनाए ।
लुम्बिनीका लागि तिलक भण्डारीले सर्वाधिक तीन विकेट लिए । तिलक भण्डारीले पनि मात्र १३ रन खर्चिएर २ विकेट लिएका हुन् । जेजेले २.६ ओभरमा १५ रन खर्चिएका हुन् । भिषेक गौतम र रुवेश ट्रम्पलमेनले समान दुई विकेट लिएका थिए । अभिषेकले तीन ओभरमा ९ रन मात्रै दिएर २ विकेट लिए । रुवेनले ३ ओभरमा २ रन खर्चिए । जेजे स्मिथको दुई तथा शेर मल्लको नाममा एक विकेट रह्यो ।
दोस्रो क्वालिफायर्समा लुम्बिनीको लागि डार्सी सटले सर्वाधिक ४५ रन बनाए । ४१ बलमा तीन चौका र एक छक्का हिर्काएका उनलाई सुवास भण्डारीले मार्टिन गप्टिलबाट क्याच गराए । अस्ट्रेलियाका ३५ वर्षीय ब्याटर डार्सीले यसअघि पनि विराटनगरविरुद्ध ५७ रन बनाएका थिए ।
कप्तान रोहितकुमार पौडेलले ३४ रन बनाए । ३० बलमा समान दुई चौका र छक्का हिर्काएका उनलाई सुवासले नै बोल्ड गरेका थिए । डार्सी र रोहितबीच दोस्रो विकेटको लागि ५६ बलमा ६९ रनको बलियो साझेदारी भयो । १.६ ओभरमा एक रन बनाएका ओपनर दिनेश अधिकारी आउट भएपछि दुई खेलाडी ११.२ ओभरसम्म क्रिजमा रहेका थिए । रोहित आउट हुँदा लुम्बिनीले कूल ७७ रन बनाएको थियो ।
निरोशन डिकवेलले २२ बलमा ४ चौकासहित २९ रन बनाए । उनलाई सन्दीप लामिछानेले साम हेजलेटबाट क्याच गराएका हुन् । ओपनर दिनेशले एक रन बनाउँदा आशा गरिएका ब्याटर सन्दीप जोरा पनि डक आउट भए । जेजे स्मिथ पनि डक आउट भएपछि ठूलो स्कोर बनाउन लुम्बिनीको योजना असफल भयो । रुवेन ट्रम्पलमेनले ११ रन बनाउँदै अविजित रहे । प्रतिश जिसीले दुई रन बनाए ।
लुम्बिनीको बलर सुवास भण्डारी र प्रतिश जिसीले समान ३ विकेट लिए । ४ ओभर बलिङ गरेको सुवासले १४ रन खर्चिँदा डार्सी, रोहित र दिनेशको महत्वपूर्ण विकेट लिएका हुन् । प्रतिश जिसीले पनि ४ ओभरमा २७ रन बनाए । प्रतिशले तल्लो क्रममा शेर मल्ल, दिलिप नाथ र जेजे स्मिथको विकेट लिएका हुन् । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिएर दुइ विकेट लिए। सन्दीपले अभिनाश बोहरालाई पछि पार्दै प्रतियोगितामा सर्वाधिक १७ विकेट लिन सफल भएका छन्।