सिद्धार्थ बैंकको कायममुकायम (कामु) सिइओमा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । हाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका सुरेन्द्रप्रसाद कँडेलको चारवर्षे कार्यकाल मंसिर २६ गतेबाट सकिँदै छ ।
सोहीकारण, मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले बस्याललाई मंसिर २७ बाट लागू हुने गरी कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।