माइती नेपालको दुई दिने कार्यशाला गोष्ठी काभ्रेमा सुरु

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

 माइती नेपाल र महान्यायाधिवक्ता कार्यालयको सहकार्यमा ‘मानव बेचबिखन प्रभावित तथा पीडितमैत्री छिटोछरितो न्याय सम्पादन’ विषयक दुई दिवसीय कार्यशाला गोष्ठी काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सुरु भएको छ । शुक्रबार गोष्ठीको उद्घाटन गर्दै महान्यायाधिवक्ता सविता भण्डारीले फौजदारी न्यायप्रणलीको सुधार गर्नुपर्ने बताइन्। मानव बेचबिखन बिरुद्धमा सरोकारवाला निकायहरु सजग हुनुपर्ने उनको भनाइ छ ।

विदेशमा रहेका पीडितको स्वदेश फिर्तिमा जटिलताको समाना गरीरहेको उनले बताइन् । पछिल्लो समयमा मानव तस्करीको कसुर वृद्धि भइरहेको उनले बताएकी छिन् । अवैध बाटोबाट अमेरिका जाने, रसियन सैनिकमा भर्तीको समस्या वृद्धि भइरहेको उनको दावी छ । मानव बेचबिखनको सवालमा अनुसन्धान र अभियोजनको विषयमा अलमलिएको उनले बताएकी छिन् । प्रहरीलाई कटाक्ष गर्दै मानव बेचबिखनको विषयमा अनुसन्धान चुस्तदुरुस्त नभएको दावी गरेकी छिन् । अनुसन्धान साच्चिकै न्यायोचित र चुस्तदुरुस्त गरिदिन नेपाल प्रहरीलाई अनुरोध गरेकी छिन् । दुई दिने कार्यशाला गोष्ठीमा खुलेर छलफल गरी प्रभावकारी उपायहरु पहिचान गरी आगामी दिनमा पीडितलाई चुस्त दुरुस्त न्याय दिन सक्ने वातावरण निर्माण गर्न महान्यायाधिवक्ता भण्डारीले अनुरोध गरिन् ।

कार्यक्रममा माइती नेपालका संस्थापक कोइरालाले खुल्ला सिमानाबाट मानव बेचबिखन पहिलेको तुलनामा अहिले केही कम भएको बताइन् । बैदेशिक रोजगारीमा जानको लागि दुई देशको सौम्झौता हुनु पर्ने उनको भनाइ छ । बैदेशिक रोजगारीमा जाँदा नेपालकै एयरपोर्ट प्रयोग गरेमा सुरक्षित हुने उनको भनाइ छ । 
 

सुझावित समाचार