कांग्रेस नेता खतिवडाले भेटे गृहमन्त्री

शान्ति सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको ध्यानाकर्षण

आइतबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

निवर्तमान सांसद रामहरि खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन् । 

चम्पादेवी– ६, ओखलढुंगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट भइसकेको सन्दर्भमा उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन अनुरोध गर्दै खतिवडाले गृहमन्त्री अर्याल तथा गृहसचिव रामेश्वर दंगालसँग आइतबारदेखि भेटवार्ता गरेका हुन् । 

भेटका क्रममा खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आसन्न निर्वाचनमा जाने आधिकारिक निर्णय गरिसकेकोले मुलुकभर शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारी तत्काल अघि बढाउन आग्रह गरे ।

यससँगै, हाल केही समूहहरू घर–घर गएर धम्क्याउने र जनतामा त्रास फैलाउने तथा अवाञ्छित गतिविधि गर्ने घटनाहरू बढ्दै गएकोबारे गम्भीर चासो व्यक्त गर्दै, त्यसप्रति गृह मन्त्रालयले तत्काल कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। उनले यस्ता गतिविधिले जनताको मनोबल कमजोर पार्ने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले राज्य संयन्त्र सशक्त रूपमा परिचालन गर्न आग्रह गरे।

सुझावित समाचार