राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबिआई)को साझा समन्वय संयन्त्र (जेटिसिसी)को नवौँ बैठक सोमबार सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै गभर्नर प्राडा विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी रहेको बताए । उनले दुवै देशको केन्द्रीय बैंकको समन्वय र सहकार्य थप विस्तार गर्ने पनि बताए ।
भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक एवं ‘जेटिसिसी’ संयोजक अर्णवकुमार चौधरीले संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणको प्रवद्र्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको विचार व्यक्त गरे ।