मुक्तिनाथ विकास बैंकको उन्नाइसौँ वार्षिक साधारणसभा सम्पन्न, १८.२० प्रतिशत लाभांश तथा वाणिज्य बैंकमा स्तरोन्नतिका लागि प्रस्ताव पारित

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले कात्तिक १५ गतेका दिन पोखरामा आफ्नो उन्नाइसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्तावसमेत स्वीकृत गरेको छ। 

उक्त लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांश (बोनस सेयर र नगद लाभांसको करसहित) रहेको छ।   

बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष प्रस्तावहरूको रूपमा यस विकास बैंककोे चुक्ता पुँजी रु ९,००,०३,८८,७६७.११ (अक्षेरेपी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपैयाँ एघार पैसा मात्र) पुर्याउने, सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पुँजी वृद्धिपश्चात् नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरू समेत स्वीकृत गरेको छ। यसै सभाबाट आ.व. ०८२/८३ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरू पारित गरेको छ। 

साथै, साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए। उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिबारे जानकारी गराएका थिए।  

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. ०८१/८२ को वार्षिक प्रतिवेदनउपर विभिन्न सेयरधनीहरूबाट सल्लाह, सुझाव र जिज्ञासाहरू प्राप्त भएको थियो। सेयरधनीहरूबाट आएका जिज्ञासाहरूबारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले थप प्रस्ट पारेका थिए।   

सुझावित समाचार