लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबिच सम्झौता

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबिच दीर्घकालीन साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट विनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ । लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ । 

सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘एक्स्ट्राटेक ओभल हाम्रा लागि केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोहीअनुरूप हाम्रो पहिचान बन्नेछ तथा यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ । यसले लुम्बिनीको मात्र नभई समग्र नेपाली क्रिकेट विकासमा ठुलो योगदान दिनेछ भन्ने हामीलाई लाग्छ र सोहीअनुरूप हामी नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउन साझा जमर्को गर्दै छौँ ।’

सुझावित समाचार