शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेश जाने

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेश प्रदेशको भ्रमणमा जाने भएका छन्।

मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहनेछन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न टोली सोमबार जनकपुर जान लागेको हो।

सोमबार र मंगलबार गरी गृहमन्त्री अर्याल दुई दिन मधेशमा रहनेछन्। त्यसक्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन तथा सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन्। उनी छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताइएको छ।

सुझावित समाचार