टिकटकले आफ्नो गाइडलाइन नमान्ने पौने २५ लाख भिडियो हटायो

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

टिकटकले आफ्नो गाइडलाइन (मार्गरेखा) नमान्ने झन्डै २५ लाख भिडियो हटाएको छ । टिकटकले २०२५ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै गाइडलाइन्स उल्लंघन गर्ने २४ लाख ७६ हजार तीन सय ४५ भिडियो हटाएको जनाएको हो । 

टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने आफ्नो निरन्तरको प्रतिबद्धतामा कम्पनीले रिपोर्ट सार्वजनिक गरेको उल्लेख गरेको छ । यो रिपोर्टमा २०२५ अप्रिलदेखि जुन महिनासम्मको तथ्यांक समेटिएको छ, जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ । यसले टिकटकको ग्लोबल कम्युनिटीलाई सकारात्मक अनुभवका लागि आश्वस्त गराउने कम्पनीको दाबी छ ।

नेपालमा टिकटकले सक्रिय रूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८ प्रतिशत रहेको छ । जसमा ९८.४ प्रतिशत भिडियोहरू २४ घण्टाभित्र हटाइएको उल्लेख छ । विश्वव्यापी रूपमा टिकटकले यस त्रैमासिकमा कुल १८ करोड ९५ लाख ७८ हजार दुई सय २८ भिडियो हटाएको छ । जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७ प्रतिशत हो । हटाइएका भिडियोहरूमध्ये १६ करोड ३९ लाख ६२ हजार दुई सय ४१ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएको थियो । 

See More On

सुझावित समाचार