तटबन्धनको काम समयमा सम्पन्न नगर्ने दुई निर्माण कम्पनी कालोसूचीमा

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

कर्णाली नदीमा तटबन्धनको काम समयमा नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सरकारले कर्णाली नदीमा तटबन्धनको  काम समयमा नगरेको भन्दै सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि र मैलाचुली निर्माण सेवा प्रालिलाई एक वर्षको लागि कालोसूचीमा राखेको हो । कर्णाली नदीका तटबन्धनको काम समयमा सम्पन्न नगरेको भन्दै सरकारले असोज २९ गतेबाट एक वर्षका लागि कालोसूचिमा राखेको छ । निर्माण कम्पनीले २०७३ साउन १६ गते तटबन्ध निर्माणको ठेक्का आठ करोड ७४ लाख ९५ हजार एक सय ६५ रुपैयाँमा पाएको थिए ।

निर्माण कम्पनीले ठेक्का २०७३ जेठ १६ गते सम्झौता गरी जेठ २० गतेबाट तटबन्धन निर्माणको काम सुरु गरेको सिचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुर कार्यालय प्रमुख  सुदिन मुक्तान जानकारी दिए । उनले भने, ‘निर्माण कम्पनीले एक वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएको भएपनि समयमा काम नगरिदिएको पाँच पटकसम्म म्याद भएको थियो ।’ 

यसरी पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। कार्यालय प्रमुख मोक्तानले निर्माण कम्पनीले तटबन्धको काम ८५ प्रतिशत सम्पन्न गरेको भएको भए १५ प्रतिशत काम गर्न बाँकी रहेको  बताए। उनले भने,‘निर्माण कम्पनीले काम सम्पन्न गरे अनुसार कार्यालय सात करोड ६८ लाख ९२ हजार भुक्तानी समेत दिएको छ।

नेपाल सरकारको ०८१ चैत १७ गतेको निर्णयले कर्णाली नदी व्यवस्थापन आयोजनाको नाम परिवर्तन भएर सिचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुर राखिएको छ भने कार्यालयको कार्यक्षेत्र विस्तार गरी  बबई, भादा, औराही खोलासमेत थप भएको छ। 
 

सुझावित समाचार