रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

कैलालीको धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १२ बस्ने १८ वर्षीय अनिश सिंह र १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सिंहले मोटरसाइकल चलाइरहेका थिए भने कुँवर मोटरसाइकल पछाडि सवार थिए । धनगढी उपमहानगरपालिका– ७ जेपी चोकमा रोकेर राखिएको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से५प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए । बिहीबार राति आठ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।   
 

सुझावित समाचार