आइएमई लाइफमा आबद्धलाई ओम कपन डेन्टलमा ५० प्रतिशतसम्म छुट

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीले ओम कपन डेन्टलमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । आइएमई लाइफका ग्राहकलाई छुट प्रदान गर्न दुवै पक्षबिच सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकले स्केलिङमा ५० प्रतिशतसम्म र अन्य चेकअप तथा उपचार सेवामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बिमितले कम्पनीको आइएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।

त्यस्तै, अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।
 

सुझावित समाचार