सम्पादकीय टिप्पणी : राष्ट्रपति कार्यालय सक्रिय बन

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी पुस्ताको आन्दोलन सफल भएको छ । तर, नयाँ सरकार गठनको स्पष्ट तस्बिर अझै देखिइसकेको छैन । निश्चित रूपमा युवा आन्दोलनको भावना, इच्छा र रुचिअनुसार नै नयाँ सरकार गठन हुनुपर्छ । उनीहरूको अपनत्व हुने गरी गठन हुनुपर्छ ।

तर, सरकार गठनको संवादका लागि जुन निकाय सक्रिय भइरहेको छ, त्यो सुहाउँदो देखिएको छैन । यस्ता छलफलका लागि राष्ट्रपति कार्यालय नै सक्रिय बन्नुपर्छ । सैनिक मुख्यालय सक्रिय हुँदा लोकतन्त्रलाई राम्रो सन्देश दिँदैन ।

अहिले संवैधानिक शून्यताको अवस्था पनि होइन । राष्ट्रपति हुनुहुन्छ, जो संविधानको संरक्षक पनि हो । नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।

विषम परिस्थितिमा नागरिकलाई शान्ति सुरक्षा दिन सेना सक्रिय बन्नु स्वाभाविक हो । जुन, अहिले गरी पनि रहेको छ । यसका अतिरिक्त राजनीतिक मुद्दामा राष्ट्रिय सेना विवादमा पर्ने अवस्था आउनुहुन्न । 

सुझावित समाचार