एन्जल लर्ड र बागमतीलाई बास्केटबल उपाधि

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले सोमबार दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको पुरुषतर्फको फाइनलमा एन्जल लर्डले नेमोनिक मोडर्न एकेडेमीलाई ४९–४२ ले पराजित गर्यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ स्कोरको योगदान गरे । महिला उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ स्कोरको सहयोगमा बागमतीले पनि नेमोनिकलाई ३७–२५ ले हरायो ।

पुरुषमा एन्जल लर्डका समीर मगर र महिलामा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । पुरुषमा नेमोनिकका विपेश थिङ र गल्र्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

पुरुषतर्फ रेनिस लामा र महिलामा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल र आयोजक टाइमलाइनका प्रिन्सिपल रामप्रसाद बडाललगायतले पुरस्कृत गरे । ५ भदौदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा २४ तथा महिलामा १६ टोलीले भाग लिएका थिए ।

सुझावित समाचार