टिसिएलको ग्लोबल ब्रान्ड एम्बासडरमा स्की च्याम्पियन एइलिन नियुक्त

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

विश्वप्रसिद्ध प्रविधि कम्पनी टिसिएलले फ्रिस्टायल स्कियर एइलिन गुलाई आफ्नो ग्लोबल ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । यो नियुक्तिले टिसिएलको वर्ल्डवाइड ओलम्पिक पार्टनरका रूपमा ओलम्पिकलाई सशक्त बनाउने प्रतिबद्धताको हिस्सा रहेको कम्पनीले जनाएको छ ।

फ्रिस्टायल स्किइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियनका साथै हिउँदे ओलम्पिकमा तीन पदक जित्ने पहिलो स्कियरका रूपमा एइलिनले ‘इन्सपायर ग्रेटनेस’को नारालाई प्रतिनिधित्व गर्नेछिन् । ‘म टिम टिसिएलसँग ग्लोबल ब्रान्ड एम्बासडरको नयाँ भूमिकामा आउँदा अत्यन्त उत्साहित छु,’ एम्बासडर नियुक्तिपछि एइलिनले भनिन्, ‘हिउँदे ओलम्पिक मिलानो कोर्टिना नजिकिँदै गर्दा टिसिएलसँगै आकांक्षा र विजयका प्रत्येक क्षणलाई मनाउन आतुर छु ।’

एइलिनको नियुक्ति टिसिएलको ‘टिसिएल फर हर’ अभियानसँग सम्बन्धित छ । जसले प्रविधि र संस्कृतिमार्फत महिलाको दृश्य र सशक्तीकरणलाई प्रोत्साहन गर्नेछ । यस अभियानमार्फत कम्पनीले महिलाकेन्द्रित कार्यक्रम र शैक्षिक पहलमा लगानी गर्दै दुई हजारभन्दा बढी युवतीलाई सहयोग पुर्याएको बताइएको छ ।

‘एइलिन यस्ती खेलाडी हुन्, जसले सधैँ सीमा तोड्छिन्,’ कम्पनीका टेक्नोलोजीका उपाध्यक्ष तथा टिसिएल च्यारिटी फाउन्डेसनका अध्यक्ष वेई जुएले भने, ‘उनको उत्साह हाम्रा महिलालाई उत्कृष्ट जीवन हासिल गर्न सशक्त बनाउने दृष्टिसँग मेल खान्छ । हामी उनको साथसाथै आगामी हिउँदे ओलम्पिकतर्फको यात्रामा सहयोग र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा राख्छौँ ।’

See More On

सुझावित समाचार