समृद्धि फाइनान्सको नाफा तीन करोडभन्दा बढी

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

लामो समयदेखि नोक्सानीमा रहेको समृद्धि फाइनान्स नाफामा गएको छ । फाइनान्सले गत आवमा तीन करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो । समीक्षा अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ ।

उच्च रूपमा रहेको निष्क्रिय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ ।

प्रतिसेयर आम्दानी ३.९० रुपैयाँ छ । पोखरा फाइनान्ससँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा सुदृढ फाइनान्सका रूपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभांश प्रदान गर्ने बताएको छ ।

सुझावित समाचार