एसियाड सहभागिताबारे खेलाडी संघको चिन्ता

शनिबार, २५ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले अर्को वर्ष जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)मा नेपाली खेलाडीको सहभागितामा अन्योल सिर्जना भएको जनाएको छ ।

सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी)बिचको विवादका कारण खेलाडीको एसियाडमा सहभागिता हुने वा नहुनेमा आशंका बढेको जनाउँदै संघले चिन्ता व्यक्त गरेको हो ।

मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित प्रशिक्षणमा रहेका खेलाडीमा अन्योल बढाएकाले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने संघका अध्यक्ष दीपक श्रेष्ठले जनाए । 

वर्तमान विवादका कारण एसियाडको तयारीमा रहेका खेलाडीको मानसिकतामा असर परेको उनको ठम्याइ छ । ‘वर्षौँदेखि तयारी गर्दै आएका खेलाडीले एसियाली खेलकुदमा भाग लिन नपाउने अवस्था सिर्जना भए त्यसको जिम्मेवारी कसले लिने ? एक–अर्कालाई दोषारोपण गरेर उम्कने प्रवृत्ति नेपाली खेलकुदमा नौलो होइन,’ उनले भने । गत साता खेलकुदमन्त्री तेजुलाल चौधरीले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसी अवैध रहेकाले तदर्थ समिति गठन गर्ने तयारी भइरहेको बताएका थिए ।

See More On

सुझावित समाचार